काठमाडौं । राष्ट्रिय सहकारी बैंकका संचालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गर्ने वातावरण सिर्जना गर्नका लागि संरक्षित पूँजि फिर्ता कोषलाई परिचालन गर्नु पर्नेमा जोड दिएका छन् ।
शुक्रबार आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङले आयोजना गरेको ‘संरक्षित पूँजी फिर्ता कोष’ सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै जिसीले कारोबारका आधारमा अतिरिक्त रकम पाइन्छ भन्ने कुरा सदस्यहरुलाई राम्रोसंग बुझाउन सकेमा सदस्यहरुले सहकारी संस्थामा सक्रिय भएर कारोबार गर्ने बताएका हुन् ।
धेरै वटा सहकारीमा शेयर खरिद गर्ने, कारोबार केही पनि नगर्ने, सहकारीको सारो गारोमा कहिल्यै साथ नदिने अनि आर्थिक वर्षको अन्त्यमा कति नाफा भयो भन्ने सदस्यहरु र संस्थामा नियमित रुपमा कारोबार गर्ने, सस्थाको उन्नती प्रगतिमा सदैव सहयोग गर्ने शेयर सदस्यलाई मुनाफाका नाममा एकै प्रकारको फाइदा हुने अवस्थाको अन्त्यका लागि सहकारी ऐनमा नै संरक्षित पूँजिफिर्ता कोषको व्यवस्था भएको उनले जानकारी दिए ।
सहकारीका सक्रिय सदस्यहरु जसले बढी कारोबार गर्छन् उनीहरुलाई बढी रकम दिन सकेमा सहकारीका सदस्यहरुको कारोबार सहकारीमा केन्द्रीत हुने जिसीले बताए ।
पछ्रिल्लो समय केही सहकारीमा समस्या देखिन थालेको छ, मुलुकमा आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय क्षेत्रमा समस्या पर्न थालेको भन्दै यसको समाधानका लागि शेयर सदस्य र संचालकलाई बढी मेहेनत गर्न उनले सुझाव दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्