काठमाडौं । के एल दुगड समुहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्री’बाट सम्मानित भएका छन् । निर्देशक दुगडलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन् ।
मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उध्योगी तथा समाजसेवी कुमुद दुगडलाई सो मानपदवी प्रदान गरिएको हो । उक्त सम्मान कार्यक्रम यही बैशाख १ गते शितल निवासमा गरिएको थियो ।
निज दुगडको अग्रसरतामा कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्ने तर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्याउँदै उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र गर्दै आएका छन् ।