×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामसङले नेपालमा सुरु गर्यो टेलिभिजन उत्पादन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सामसङले नेपालमा सुरु गर्यो टेलिभिजन उत्पादन

Artha Sarokar

१४ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सामसङ ब्रान्डले नेपालमै टेलिभिजन उत्पादन सुरू गरेको छ । हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा सामसङले नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखाना नै स्थापना गरेर उत्पादन सुरु गरेको हो ।

सामसङले बुधबार टेलिभिजन कारखानाको उद्घाटन समेत गरेको छ । कारखानाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवंम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले संयुक्त रुपमा गरेका हुन् ।

स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना भएको यो नै पहिलो उद्योग भएको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष पार्कले नेपालमा दुई दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग बलियो सम्बन्ध गाँसिसकेको बताए । उनले नेपाल सरकार र स्थानीय निकायहरुले लिएको बलियो लक्ष्य र आफूहरुलाई प्राप्त निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन समेत गरेका छन् ।

समारोहलाई सम्बोधन गर्दै गोल्छा समुहका अध्यक्ष शेखर गोल्छाले सामसङसंगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाएको बताए । विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजार प्रति गहिरो अभिरुची देखाएकोमा आम नेपालीहरुका लागि महत्वपूर्ण संकेत भएको उनको ठहर छ ।

उक्त उद्घाटन समारोहमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्क, लगायत अन्य स्थानीय अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो । सामसङले हिम इलेक्ट्रोनिक्समार्फत् नेपालमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, ओभन र स्मार्टफोनहरू बिक्री वितरण गर्दै आइरहेको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी