काठमाडौँ । स्मार्टफोन सामसङले नयाँ ग्यालेक्सी ए५४ ५जि र ए३४ ५जिको खरीदमा क्यासब्याक पाइने आकर्षक योजना शुरु गरेको छ । सामसङले नबिल बैंकसंगको सहकार्यमा हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरीदमा सीमित समयका लागि विशेष योजना शुरु गरेको हो ।
यस योजनाको लागि सामसङले नबिल बैंकसँग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरीद गर्दा रु दुई हजार क्यासब्याक प्राप्त गर्नेछन् ।
सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि मात्र उपलब्ध गराउन थालिएको हो । यी दुवै मोडलहरुमा एचडी क्वालीटीका क्यामराहरू र धेरै दिनसम्म चलिरहने पाँच हजार एमएएच ब्याट्री जडित छन् ।
क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि ग्राहकहरूका लागि अझ बढी सुलभ भएको छ । ग्राहकहरुले उनीहरुसंग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् चुनिएका स्टोरहरु अथवा ब्रान्डका शोरुमहरुबाट ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि खरीद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको सामसङले जनाएको छ ।