×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खराब कर्जा बढेपछि सांग्रिला डेभलेपमेन्ट बैंकको नाफा ४० प्रतिशतले घट्यो, ईपीएसमा ७ रुपैयाँको गिरावट (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

खराब कर्जा बढेपछि सांग्रिला डेभलेपमेन्ट बैंकको नाफा ४० प्रतिशतले घट्यो, ईपीएसमा ७ रुपैयाँको गिरावट (विवरणसहित)

७ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २२ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आर्थिक वर्षको तुलनमा ४०.०८ प्रतिशत कम हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले ३७ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ११.७० प्रतिशतले बढ्दा सञ्चालन नाफामा भने ३८.३० को गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा बैंकको खुद नाफा प्रभावित भएको हो ।

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म आईपुग्दा बैंकको ईपीएस ७ रुपैयाँ ७१ पैसाले घटेर १० रुपैयाँ ०४ पैसा कायम भएको छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ भने १५४ रुपैयाँ ५० पैसा छ ।

यता बैंकको हालको चुक्ता पुँजी ३ अर्ब २६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा भने १ अर्ब २५ करोड रुपैयाँ छ । बैंकको कस्ट अफ फन्ड १०.२८ प्रतिशत रहेको छ भने चालु आर्थिक वर्षमा बैंकको खराब कर्जा १.२० प्रतिशतबाट बढेर ३.५५ प्रतिशत पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: