×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको नाफामा सामान्य बढोत्तरी, खराब कर्जा बढ्दा ईपीएस घट्यो (थप विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

सानिमा बैंकको नाफामा सामान्य बढोत्तरी, खराब कर्जा बढ्दा ईपीएस घट्यो (थप विवरणसहित)

७ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म बैंकको नाफामा सामान्य बढोत्तरी भएको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ७१ करोड १६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ७.४७ प्रतिशत बढी हो । बैंकले गत आर्थिक वर्षको समीक्षा अवधिमा १ अर्ब ५९ करोड २६ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४७.०९ प्रतिशतले बढेर ४ अर्ब ९३ करोड ८१ लाख ३० हजार रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको सञ्चालन नाफा भने ९.९९ प्रतिशतले मात्र बढेर २ अर्ब ४८ करोड ८ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खराब कर्जा ०.३८ प्रतिशतबाट बढेर २.२७ प्रतिशत पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १ अर्ब २० करोड ४७ लाख ९५ हजार रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको नाफामा सामान्य वृद्धि भए पनि प्रतिसेयर आम्दानी (ईपीएस) पनि ३७ पैसाले घटेर १८ रुपैयाँ ५० पैसा काम भएको छ । हाल सानिमाको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ३ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: