×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपेन्द्र यादव मिले रास्वपा, एमालेसहितको नयाँ सरकार बन्ने !

PRIME CA
GLOBAL IME BANK

उपेन्द्र यादव मिले रास्वपा, एमालेसहितको नयाँ सरकार बन्ने !

१५ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । उपनिर्वाचन लगत्तै सरकारमा पुनः नयाँ समीकरणको चर्चा चलेको छ । आफू सरकारमा हुँदा न्यूनतम साझा कार्यक्रममा समावेश गरिएका मुद्धा सरकारबाट बाहिरिएसँगै हटाइएपछि रुष्ठ बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारको विकल्प खोज्ने संकेत गरेपछि नयाँ समीकरणको चर्चा चुलिएको हो ।

यसै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा रहेको वर्तमान सरकारको आयु लामो नरहेको तर्क विश्लेषकहरुले गर्दै आएका छन् । पुष १० गते एमाले नेतृत्वको ७ दलीय गठबन्धन छाडेर कांग्रेस नेतृत्वको गठबन्धनको भरमा अडिएको प्रचण्ड नेतृत्वको सरकारको ‘बेस’ अहिले जीर्ण बनेको छ ।

यता एमाले अध्यक्ष ओली पनि हुँदाखाँदाको सरकार फुटाएर पुरानै गठबन्धनमा फर्किएका प्रचण्डलाई सत्ताच्युत गराउने दाउ खोजिरहेका छन् । उनी हाल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाहेकको सरकार गठनको कसरतमा लागेका छन् ।

वर्तमान सरकारमै पनि भागवण्डामा कुरा नमिलेपछि गठबन्धनभित्रै असन्तुष्टिका पोका खुल्न थालेका छन् । सोही क्रममा गठबन्धनमा रहेका दलहरुबीच भागबण्डाको असन्तुष्टिले जनमत पार्टी सरकारबाट बाहिरीसकेको छ । यता जसपा पनि पूर्ण रुपमा सन्तुष्ट देखिँदैन । यही स्थितिकाबीच जसपाका उपेन्द्र यादव एमालेसँग मिले रास्वपा, एमालेसहितको नयाँ सरकार बन्ने सम्भावना प्रबल देखिएको छ ।

सरकार गठनका लागि १३८ सांसद चाहिन्छ । तर, नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाहेक १४२ सांसद हुने भएकाले पनि नयाँ समीकरण बन्न सक्ने सम्भावना छ । जसका लागि जसपाका अध्यक्ष उपेन्द्र यादव निर्णायक मानिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: