काठमाडौं । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको समीक्षा अवधिमा बैंकको नाफामा ३८.७१ प्रतिशतले वृद्धि भएको छ ।
बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३०.७५ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३८.४५ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १६ करोड रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको ईपीएस ६ रुपैयाँ ६३ पैसा बढेर २३ रुपैयाँ ७६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ४७ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.८३ प्रतिशतविन्दु बढेर ०.९७ प्रतिशत पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्