काठमाडौँ । एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । एसबिआई र एसबिआई मर्चेन्ट बैंकबीच गत बैशाख ३ गते नेपाल एसबिआई बैंकको कर्पोरेट कार्यालय काठमाडौँमा हस्ताक्षर भएको हो ।
परियोजनामा लगानी, नेपालमा अन्य वित्तीय परामर्श सेवाहरू लगायतका विविध सम्भावित अवसरहरूको लागि पारस्परिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, सञ्चालन र कार्यान्वयन गर्ने उद्देश्यले हस्ताक्षर गरिएको समझदारी पत्रमा उल्लेख छ ।
उक्त समझदारी पत्रमा एसवीआइ क्यापिटलको तर्फबाट कार्यकारी उपाध्यक्ष श्री मुकुल मोदी तथा एसबिआइ मर्चेन्टको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री देवराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
उक्त हस्ताक्षर कार्यक्रममा भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा, भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक सि। एस। सेट्टी, एसबीआइ क्यापिटलका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अमिताभ चटर्जी, नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल तथा अन्य सहचालकहरू, नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे लगायतको उपस्थिति रहेको थियो ।
समझदारी पत्रमा हस्ताक्षर गर्न पाउँदा दुवै पक्षले खुशी व्यक्त गरेका छन् । साथै यो साझेदारीले दुवै संस्थाको पारस्परिक लाभ र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्