×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ स्टकको लागि धितोपत्र बोर्डमा हिमालयनको आवेदन दर्ता

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार

PRIME CA
laxmi sunrise bank

नयाँ स्टकको लागि धितोपत्र बोर्डमा हिमालयनको आवेदन दर्ता

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लागि धितोपत्र बोर्डमा हिमालयन स्टक एक्सचेन्ज नामक कम्पनीले आवेदन दिएको छ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणको प्रक्रिया रोक्न सर्वोच्च अदालतमा परेको रिट खारेज भएसँगै हिमालयनले नयाँ स्टक एक्सचेन्जको लागि शुक्रबार बोर्डमा आवेदन दर्ता गराएको हो ।

हिमालयन स्टक एक्सचेन्ज नामक कम्पनीले प्राविधिक सहायताका लागि यसअघि नै मौरिसस स्टकसँग सम्झौता गरिसकेको छ ।

धितोपत्र बोर्डले गत बिहीबार १० दिनको म्याद राख्दै नयाँ स्टक एक्सचेन्जका लागि आवेदन माग गरेको थियो । सोही सूचनाका आधारमा हिमालयनले बोर्डमा आवेदन दिएको हो । तर, आइतबारसम्म नयाँ स्टकका लागि जति कम्पनीले आवेदन दिए पनि एक कम्पनीलाई मात्रै स्टक एक्सचेन्जको लाइसेन्स दिने बोर्डले जनाएको छ ।

त्यस्तै, बोर्डले माग गरेको आवेदनमा कमोडिटी एक्सनेन्जको लागि भने कुनै पनि आवेदन नपरेको बोर्डले जनाएको छ । त्यस्तै, नयाँ ब्रोकर लाइसेन्सका लागि भने हालसम्म ४६ कम्पनीहरुले आवेदन दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: