×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युट्रीप्लसद्वारा शेफ सत्रको आयोजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

न्युट्रीप्लसद्वारा शेफ सत्रको आयोजना

Artha Sarokar

१४ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आरएमसी फुड्सले शेफ सत्रको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको छ । नेपालका प्रमुख होटलका शेफहरूलाई एकै ठाउँमा ल्याएर सन्जाल बनाउन र शेफ समुदाय समक्ष न्युट्रीप्लसलाई परिचित गराउने उद्देश्यले आरएमसीले शेफ सत्रको आयोजना गरेको हो ।

शेफ समुदायलाई एकताबद्ध गर्न र उत्कृष्ट खाना बनाउने तेलको महत्त्वबारे छलफल गर्न आयोजित सत्र सफल साबित भएको छ । देशमा कार्यकारी शेफको उपाधि जित्ने पहिलो नेपाली शेफ गोविन्द नरसिंह केसी सत्रमा प्रमुख वक्ता थिए ।

उक्त नेटवर्किङ सेसनमा उनीसँगै चर्चित शेफ रत्नबहादुर थापा, शेफ लक्ष्मणप्रसाद भट्टराई, शेफ एसोसिएसनका अध्यक्ष श्याम लामा लगायत अन्य शेफहरुको उपस्थिति रहेको थियो । सत्रमा शेफ समुदाय यस प्रकारका कार्यक्रम आयोजना गर्नुको महत्व, उत्कृष्ट खाना बनाउने कलाका लागि गरिने मेहेनत, उत्कृष्ट परिकार बनाउनका लागि तेलको महत्वका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा मास्टर सेफ प्रोफेसनल विजेता तथा न्युट्रिप्लसका ब्रान्ड एम्बेसेडर सन्तोष शाहले ब्राण्डको हिस्सा बन्नुको कारण र आफूले खाना बनाउने क्रममा न्युट्रीप्लसले थपेको फाइदाका बारेमा बताए । उनले स्वस्थ खाना पकाउने तेलको महत्त्व र जनस्वास्थ्यमा त्यसको प्रभावमा जोड दिए ।

आरएमसी फुड्सका कार्यकारी निर्देशक यश अग्रवालले नेपालका चर्चित र प्रमुख शेफहरू भेट्न पाउँदा र शेफ समुदायमा हाम्रो उत्पादन न्यूट्रिप्लसको परिचय दिन पाउँदा आफूहरुलाई गर्व महसुस् भएको बताएका छन् ।

आरएमसी समूहले विगत तीन दशकदेखि नेपाली बजारमा अग्रणीका रूपमा निर्माण क्षेत्रलाई सेवा दिँदै आएको छ । समूहको उपभोक्ता र सरोकारवालाहरूको विश्वास अब खाद्यमा पनि विस्तार गर्ने उधेश्यले आरएमसी फुड्स सन् २०२१ मा स्थापित गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी