काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ नेतृत्वले देशलाई आर्थिक मन्दीमा लगेको आरोप लगाएका छन् । अर्थतन्त्र संकटमा रहेका बेला कांग्रेस र माओवादी नेतृत्वको सरकारले मुलुकलाई आर्थिक मन्दीतिर लगेको पोखरेलले आरोप लगाएका हुन् ।
काठमाडौंमा आयोजित नेपाल खेलकुद महासङ्घ काठमाडौं महानगर कमिटीको दोस्रो अधिवेशनमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डको अस्थिर नीतिले नेकपा एमाले सरकारबाट बाहिरिएसँगै मुलुक नै आर्थिक सङ्कटमा परेको दाबी गरेका छन् ।
‘पुष्पकमल दाहाल प्रचण्डको अस्थिर नीतिले नेकपा एमाले सरकारबाट बाहिरिने अवस्थामा आयो ।’, उनले भने, ‘एमाले रहुन्जेलसम्म मुलुकमा आर्थिक क्षेत्रमा सुधारका सङ्केतहरू देखिएका थिए । जब काँग्रेस र माओवादीको सरकार बन्यो तब मौद्रिक तरलतामा सङ्कट उत्पादन भयो । अहिलेको सरकार लामो समयसम्म रहने हो भने मुलुक आर्थिक मन्दीमा जान्छ ।’
यही सरकार लामो समयसम्म रहे मुलुक चरम आर्थिक संकटमा पर्ने कुरा मतदातालाई जानकारी गराउन आवश्यक रहेको समेत पोखरेलले बताएका छन् । उनले यो देशमा विकास र समृद्धिको काम गर्ने नेकपा एमाले मात्र हो भन्दै सहरी क्षेत्रको मतदातालाई विश्वास दिलाउन सक्नुपर्ने पनि बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्