काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २७.३१ अंकले बढेर १८७१.३३ बिन्दुमा पुगेको हो । मंगलबार नेप्सेमा कुल २६२ कम्पनीको ३३ लाख १५ हजार ७ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा ९४ करोडमाथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड १० लाख ९३ हजार ५ सय ८९ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा आदर्श लघुवित्त वित्तिय संस्था, श्रीजनशिल लघुवित्त वित्तिय संस्था, युनिक नेपाल लघुवित्त वित्तिय संस्था, छ्याँग्दी हाइड्रोपावर र युनिलिभर नेपालका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड १० लाख ९३ हजार ५ सय ८९ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा सानिमा मिडेल तमोर हाइड्रोपावर, प्रभु बैंक लिमिटेड, हिमालयन डिष्ट्रिलरी, नबिल बैंक र शिब श्री हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा सानिमा मिडेल तमोर हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । सानिमा मिडेल तमोर हाइड्रोपावरमा यस्तो गिरावट आउँदा १०% प्राइम डेबेञ्चर २०८८, ९.५% एनसीसी डेबेञ्चर २०८६, एनआइबिएल प्रगति फण्ड र सानिमा इक्वटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्