काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्सेमा आकर्षक बढोत्तरी देखिएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ बिन्दुमा पुगेको हो । बुधबार नेप्सेमा कुल २६७ कम्पनीको ६१ लाख ७ हजार ४ सय २५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९७ करोडमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ११ करोड ७१ लाख ३५ हजार ३ सय ४२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बुधबारको सेयर बजारमा सिद्धार्थ इक्वटि फण्डका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा सिटिजन्स म्युचुअल फण्ड-१, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, आदर्श लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था र कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ११ करोड ७१ लाख ३५ हजार ३ सय ४२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी, नबिल बैंक, अपि पावर र हिमाल दोलखा हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा एभरेस्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशत भन्दा धेरैले घटेको हो । एभरेस्ट बैंक लिमिटेडमा यस्तो गिरावट आउँदा सिभिल बैंक डेबेञ्चर २०८८ र १०.२५% एसबिएल डेबेञ्चर २०८३ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्