काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा पुगेको हो । बिहिबार नेप्सेमा कुल २७० कम्पनीको ४९ लाख १३ हजार ७ सय २ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ । बिहिबार पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड ४२ लाख ८६ हजार ५४ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बिहीबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा कालिन्चोक दर्शन लिमिटेड, मोलुङ हाइड्रोपावर, गरिमा डेबेञ्चर २०८५, खप्तड लघुवित्त वित्तिय संस्था र १०.२५% नेपाल इन्भेस्टमेन्ट डेबेञ्चर २०८२ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड ४२ लाख ८६ हजार ५४ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, एनआइसी एशिया बैंक, नबिल बैंक, शिव श्री हाइड्रोपावर र चिलिमे हाइड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहीबारको सेयर बजारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ मा यस्तो गिरावट आउँदा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, धौलागिरी लघुवित्त वित्तिय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र श्रीजनशील लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्