काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २७१ कम्पनीको ३२ लाख ६ हजार ४ सय ५० कित्ता सेयर खरिद बिक्री हुँदा ९५ करोड ४३ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ४ कारेड २५ लाख १० हजार ८ सय २५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा एनएमबि सुलव इन्भेस्टमेन्ट फण्ड-२ का लगानीकर्ताहरु मालामाल भएका छन् । यस अलवा ८.५% प्रभु बैंक डेबेञ्चर २०८७, मिथिला लघुवित्त वित्तिय संस्था, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, नारायणी डेभलपमेन्ट बैंक र समलिंग पावर कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ४ कारेड २५ लाख १० हजार ८ सय २५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, तारागाउँ रिजेन्सी होटल, नबिल बैंक लिमिटेड, ओरियन्टल होटेल लिमिटेड र नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । एनआइबीएल ग्रोथको सेयरमा यस्तो गिरावट आउँदा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी, आखुँ खोला जलविद्युत कम्पनी र पिपुल्स पावर लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्