काठमाडौं । उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले महासंघको नयाँ कार्यसमिति ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका छन् । आइतबार महासंघका अध्यक्ष चन्द्र ढकालको पदभार कार्यक्रमममा बोल्दै गोल्छाले यस्तो बताएका हुन् ।
पदभार ग्रहणमा महासंघका अध्यक्ष ढकाललाई बधाई दिँदै निवर्तमान अध्यक्ष गोल्छाले सफल कार्यकालको शुभकामनासमेत दिएका छन् । ढकालको पृष्ठभूमी संघर्षमय रहेको उल्लेख गर्दै गोल्छाले अध्यक्षको कार्यकालमा साना उद्योगी-व्यवसायीको हितमा विशेष काम हुने विश्वास व्यक्त गरेका छन् ।
‘अध्यक्ष चन्द्र ढकाल ज्यूले उद्योगी-व्यवसायीको पिडालाई राम्रोसँग बुझ्नुभएको छ । किनकी उहाँ सानै व्यवसायबाट उठेर आज नेपालको सबैभन्दा ठूलो व्यवसायी बन्नुभएको छ ।’, गोल्छाले भने, ‘मलाई विश्वास छ, उहाँको सुझबुझका कारण उद्योग वाणिज्य महासंघले नयाँ उचाई प्राप्त गर्नेछ ।’
त्यस्तै, आफू निवर्तमान अध्यक्ष भएका कारणले महासंघको नयाँ कार्यसमितिलाई हरसमय सहयोग गर्ने गोल्छाले प्रतिवद्धता गरेका छन् । ‘निवर्तमान अध्यक्षको हैसियतले मैले अध्यक्षको जुनसुकै काममा सहयोग गर्ने जिम्मेवारी रहेको छ । म विश्वास दिलाउन चाहन्छु, नयाँ टिमले गर्ने कार्यमा मेरो सल्लाह र सहकार्य सँधै रहनेछ ।’, उनले भने, ‘नयाँ टिम विशेषत नयाँ अध्यक्ष चन्द्र ढकालले लिनुभएको लक्ष्य पूरा गर्न हरसम्भव सहयोग गर्नेछु र सबैभन्दा ठूलो सहयोगी बन्नेछु ।’
योसँगै निवर्तमान अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको निर्वाचनबाट आएको नयाँ टिम उर्जाशील भएकोले यो कार्यकाल ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्