×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैशाख २४ गते नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैशाख २४ गते नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुने

Artha Sarokar

१५ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यही वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन् ।

‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलन काठमाडौँमा आयोजना गर्न लागिएको हो । आज आयोजित पत्रकार भेटघाटमा उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवम् बैंकिङ क्षेत्रका समस्या तथा त्यसको समाधानका उपायहरुमाथि विचार विमर्श हुनेछ ।

‘हाल उद्योगी तथा व्यवसायीहरुको मनोबल निकै घटेको, विभिन्न कारणले मागमा सङ्कुचन आई उत्पादनमा असर परेको जस्ता समस्या समाधानका विषयमा सरोकारवाला व्यक्तिहरुको प्रस्तुति रहनेछ’, सिबिफिनका अध्यक्ष पवन गोल्यानले भने ।

त्यस्तै चालु आर्थिक वर्षमा सरकारले लिएको लक्ष्यअनुसारको राजस्व सङ्कलन नभएको, पूँजीगत खर्च अपेक्षित रुपमा हुन नसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशका कारण मूल्यवृद्धि बढिरहेको जस्ता कारणले समग्र अर्थतन्त्रमा नकारात्मक असर पारेको लगायत विषयमा पनि सम्मेलनमा छलफल हुने जनाइएको छ ।

आर्थिक एवम् बैंकिङ सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको भावी कार्यदिशा तय गर्न सम्मेलनबाट प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार गरी सरकारलाई बुझाइनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी