काठमाडौं । एसआइएम डुब्लिकेसन मार्फत अनलाइन ठगी गर्ने एक व्यक्ति भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका –६ घरभई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका –८ बस्ने २३ वर्षीय अनिल थापा रहेका छन् ।
थापाले सामाजिक सञ्जालमा आवद्ध रहेका विभिन्न बैंकहरूको अनलाइन भाइबर ग्रुप अकाउन्टहरूकोे दुरुपयोग गरी एसआइएम डुब्लिकेसन मार्फत पिडितहरुको बैंक तथा मोबाइल बैङ्किङमा पहुँच पुर्याई कार्डलेस एटीएम मार्फत रकम निकाली ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले थापालाई भक्तपुरको सुर्यविनायकबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्