काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न निर्देशन दिएको छ । दूरसञ्चारले मंगलबार एक सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदसम्म सेवा बन्द गर्न नपाइने प्राधिकरणले प्राधिकरणले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । स्मार्ट टेलिकमको लाइसेन्स बैशाख २ गते सकिँदैछ तर कम्पनीले देशका केही ठाउँमा आफ्नो सेवाहरु बन्द गरेको छ ।
‘दूरसञ्चार सेवालाई अति आवश्यक सेवाको रूपमा वर्गिकरण गरिएको दूरसञ्चार सेवा प्रदायकले दुरसञ्चार सेवाको अनुमतीपत्र बहाल रहँदासम्म नियम कानुनको पालना गर्दै निरन्तर दुरसञ्चार सेवा संचालन गर्नु पर्ने दायित्व रहन्छ । अतः अत्यावश्यक सेवाको रूपमा रहेको दूरसंचार सेवाको अनुमतिपत्र बहाल रहँदासम्म सेवाग्राहीहरुले बिना कुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी दुरसञ्चार सेवा चुस्त दुरुस्त रुपमा संचालन गर्न भी–स्मार्ट टेलिकम प्रा.लि लाई निर्देशन जारी गरिएको छ ।’- दूरसञ्चारद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्