×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवीकरण शुल्क नतिरेपछि स्मार्ट टेलिकमको लाइसेन्स खारेज

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नवीकरण शुल्क नतिरेपछि स्मार्ट टेलिकमको लाइसेन्स खारेज

Artha Sarokar

४ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको आधारभूत टेलिफोन सेवाको लाइसेन्स खारेज गरेको हो ।

स्मार्ट टेलिकमले सरकारलाई नवीकरण दस्तुरका रुपमा मात्रै कुल २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने देखिन्छ । तर, हालसम्म स्मार्टले ७५ करोड मात्रै तिरेको छ । नवीकरणका लागि तोकिएको बैशाख ३ गतेसम्म पनि स्मार्टले आवेदन नदिएपछि नियमतः लाइसेन्स स्वतः खारेज भएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिएका छन् ।

नवीकरण शुल्क नतिरे लाइसेन्स खारेज हुने भएपछि स्मार्टले खारेजी रोक्न लविङ सुरु गरेको थियो । तर, कम्पनीका लगानीकर्ताको कसरत फेल खाएपछि स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको हो ।

लाल साहु डिस्ट्रिब्युटर प्रालि सिंगापुरको ७० तथा जिल्याटको १० प्रतिशतसहित सचिनलाल आचार्यको स्क्वायर नेटवर्क प्रालिको २० प्रतिशत सेयर रहेको कम्पनीको लाइसेन्स र सम्पत्ति प्राधिकरणले नियन्त्रणमा लिएको छ । दूरसञ्चार सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार प्राधिकरणले कम्पनीको सेवा सञ्चालन र सम्पत्ति लिलामीको जिम्मा व्यवस्थापन समूहलाई दिएको छ ।

लाइसेन्स खारेज भए पनि आगमी १५ दिनसम्म सेवा सञ्चालन गर्न स्मार्ट टेलिकमलाई निर्देशन दिइएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी