×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राधिकरणको करिब ७५ करोड बक्यौता नतिरेपछि सोना सिमेन्टको लाइन काटियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्राधिकरणको करिब ७५ करोड बक्यौता नतिरेपछि सोना सिमेन्टको लाइन काटियो

Artha Sarokar

३ बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सोना सिमेन्ट प्रालिको बिजुली काटेको छ । दाङमा रहेको सोना सिमेन्टले प्राधिकरणलाई बिजुली प्रयोगको करिब ७५ करोड रुपैयाँ बक्यौता नतिरेपछि लाइन काटिएको प्राधिकरण नेपालगञ्ज शाखाका प्रमुख हरि पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेका अनुसार सिमेन्टले बिजुली प्रयोग गरेबापत प्राधिकरणलाई ७४ करोड ६० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । बक्यौता तिर्न पटक पटक ताकेता गरेपनि सम्पर्कमा नआएपछि लाइन काटेको पाण्डेले बताए ।

‘सोना सिमेन्टले तिर्नुपर्ने बक्यौता ठूलो छ । तिर्नका लागि पटक-पटक ताकेता पनि गरेका हौँ । तर, कोही सम्पर्कमा आएनन् ।’, उनले भने, ‘हदै भएपछि लाइन काट्न बाध्य भएका हौँ । सिमेन्टले पहिला लिएको डेडिकेटेड लाइनबाट ३२ करोड ९४ लाख तथा सो पछिको ४१ करोड ६६ लाख बक्यौता तिर्न बाँकी छ ।

सोनापुर मिनरल्स एन्ड वाइल प्रालिले दाङमा रहेको उद्योगबाट सोना र सोनापुर सिमेन्ट उत्पादन गर्दै आएको छ । प्राधिकरणको नेपालगञ्ज शाखाले दाङमा रहेको उद्योगको बिजुली काटेको हो । प्राधिकरणले २०७७ देखिको बक्यौताका तिर्न पटकपटक आग्रह गर्दा पनि उद्योगबाट कुनै सुनुवाइ नभएपछि लाइन काट्नुपरेको जनाएको छ । उद्योगले बिचमा केही तिर्ने गरेपनि विगत ९ महिनादेखि भने कुनै बक्यौता तिर्न नआएपछि लाइन काटेको प्राधिकरणले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी