×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा आकर्षक बढोत्तरी, ६० प्रतिशत बढी नाफा कमाउँदा ईपीएस १३ रुपैयाँले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा आकर्षक बढोत्तरी, ६० प्रतिशत बढी नाफा कमाउँदा ईपीएस १३ रुपैयाँले बढ्यो

Artha Sarokar

७ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ‘पर्फमेन्स’ आकर्षक देखिएको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६०.२५ प्रतिशत बढी हो । बैंकले गत आर्थिक वर्षको समीक्षा अवधिमा १ अर्ब ६२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, चालु आर्थिक वर्षको चैत मसान्तसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा २ अर्ब ५६ करोड रुपैयाँ नाघेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी ७८.३६ प्रतिशतले बढेर ४ अर्ब ४० करोड ७२ लाख रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा ६०.२३% ले बढेर ३ अर्ब ७३ करोड ८० लाख रुपैयाँ पुगेपछि खुद नाफामा आकर्षक सुधार भएको हो ।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म आइपुग्दा बैंकको खराब कर्जा सामन्य बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.३६ प्रतिशतबाट बढेर ०.९० प्रतिशत पुगेको छ । त्यस्तै, चालु आवको समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि १३.८८ रुपैयाँले बढेर ३६.९१ रुपैयाँ पुगेको छ । हाल बैंकको प्रतिसेयर नेटवर्थ २०४.१८ रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी