×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार सुनको मूल्यमा बढ्यो, कतिमा हुँदै छ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शुक्रबार सुनको मूल्यमा बढ्यो, कतिमा हुँदै छ कारोबार ?

Artha Sarokar

८ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला एक लाख नौ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य शुक्रबार चार सय रुपैयाँले बढेर एक लाख १० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला एक लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९४ हजार ४ सय ३५ रुपैयाँ तोकेको छ तेजावी सुनको मूल्य प्रति १० ग्राम ९४ हजार १० रुपैयाँ तोकेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी