×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Artha Sarokar

१० बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबरको तुलनामा आज छापावाला सुनको मूल्य ९ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ८५० रुपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला एक लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार तीस रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन एक लाख ८ अजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन शुक्रबार एक लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

अजा चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला एक हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ । अजा चाँदी प्रतितोला एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार ७ सय १० रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम ९३ हजार २ सय ८० तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी