काठमाडौं । सन्राइज बैंकका ग्राहकहरुले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलबाट आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचार गर्दा १० प्रतिसत सम्म छुट पाउने भएका छन् । सन्राइज बैंकले ग्राहहरुलाई उच्चस्तरीय सुबिधा दिन इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग यस्तो सम्झौता गरेको हो ।
सो सम्बन्धी सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार सन्राइज बैंकका सम्पुर्ण ग्राहकहरुले सन्राइज बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा १० प्रतिशतसम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा अपोलो हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
यस योजनाले सन्राइज बैंकका सम्पूर्ण ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सन्राइज बैंकले बताएको छ ।
भारतमा उपचारको लागि जाने आम नेपालीको लागि लक्षित गरेर सन्राइज बैंकले छुटै हेल्थ केयर कार्ड पनि संचालनमा ल्याइसकेको छ भने अपोलो लगाएत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सन्राइज स्वास्थ्य योजना अन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्