काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.स्वर्णिम वाग्लेले यसपाली मतदाताको मन र मत दुवै फेरिएको बताएका छन् । रास्वपाका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार वाग्लेले उपनिर्वाचनको मदतानस्थलबाटै यस्तो बताएका हुन् ।
वाग्लेले यसपालीको तनहुँ विगतको जस्तो नभएको दाबी गर्दै मतदाताको परपम्परागत मन र मत दुवै फेरिएको पाएको बताएका हुन् । ‘मतदान स्थलमा मतदाताहरुको उत्साह रास्वपाप्रति सकारात्मक छ । परम्परागत मतहरुलाई र विचारहरुलाई परिवर्तन गराएको मैले पाएको छु ।’, उनले भने, ‘सूचना प्रविधिको पहुँचले ५०–६० नाघेकाहरुको पनि मन र मत दुवै फेरिनेवाला छ यसपालि ।’
गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनमा रास्वपाका डा. वाग्लेसँगै नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाललगायतका उम्मेदवार चुनावी मैदानमा छन्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्