×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँबाट डा.स्वर्णिम वाग्ले विजयी, ७ तस्बिरमा हेर्नुहोस् सानदार जीतका ‘सानदार पल’(फोटो-कथा)

PRIME CA

तनहुँबाट डा.स्वर्णिम वाग्ले विजयी, ७ तस्बिरमा हेर्नुहोस् सानदार जीतका ‘सानदार पल’(फोटो-कथा)

१२ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्ले विजयी भएका छन् । मंगलबार सम्पन्न भएको मतगणनाअनुसार डा.वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका हुन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र पनि प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा. वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले प्रमाणपत्र ग्रहण गर्दै तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

यस्तै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा.वाग्लेलाई प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई पनि दिएका छन् । यस्तो देखियो डा.वाग्लेको सानदार जीत पछिको माहोलः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: