काठमाडौँ । म्याग्दीमा महिला सहकारीहरुको संस्थागत विकास तथा अभिमुखीकरण सम्बन्धी दुई दिने कार्यक्रम बुधवारदेखि शुरु भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिकासंगको सहकार्यमा अन्नपूर्ण गाउँपालिका भित्र महिलाद्वारा सञ्चालित सहकारीमा आवद्ध महिला सञ्चालक तथा कर्मचारीहरूका लागि यो तालिम सञ्चालन गरेको हो ।
महिलाहरूले सञ्चालन गरेका सहकारीहरुको संस्थागत विकाससंगै सदस्यहरुको आर्थिक सामाजिक रूपान्तरणमा सहकारीको योगदान बढाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिए ।
महिलाहरूको आर्थिक विकास र सामाजिक अवस्था सुधार गर्नका लागि ग्रामीण क्षेत्रमा सहकारी सबैभन्दा उत्तम विकल्प रहेको कार्यालय प्रमुख थापाले बताए ।
तालिमका प्रशिक्षक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीलाई दिगो, व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि रणनीतिक योजना निर्माण गरी स्पष्ट लक्ष्यका साथ काम गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकामा सञ्चालित महिला सहकारीहरु सिर्जना महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाना, निलगिरी महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड नारच्याङ, न्यू कान्छी बराही महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिख र सयपत्री महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिखका सञ्चालक र कर्मचारी गरी ३० जनाको सहभागिता रहेको थियो ।
साविकको महिला विकास कार्यालयद्वारा सञ्चालित महिला सहकारीहरुको संस्थागत विकासमा योगदान गर्ने योजनाका साथ सामाजिक विकास कार्यालय म्याग्दीले संस्थागत विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्