Skip to content
LAXMI SUNRISE BANK

कतार पुलिसमा जागिर लगाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी, एक व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कतार पठाइ कतार पुलिसमा जागिर लगाइदिने आश्वासन दिलाइ रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सप्तरीको कञ्चनपुर गाउँपालिका –४ स्थाई घर भई हाल काठमाडौँको टोखामा बस्दै आएका ४१ वर्षीय पूर्ण कुमार दाहाललाई प्रहरीले झापाको भद्रपुर नगरपालिका –५ बाट पक्राउ गरेको हो ।  

दाहालले मासिक एक लाख भन्दा बढी तलब हुने बताउँदै वैदेशिक रोजगारीको लागि कतारमा पठाउने र पुगेपछि कतार पुलिसमा भर्ना गराइदिने आश्वासन दिलाइ पीडितहरूलाई  प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्छ भनी रकम ठगी गरेको पाइएको छ । उनले चन्द्र बहादुर खत्रीसहित १८ जना पीडितहरूबाट पटकपटक गरी जम्मा ६३ लाख रुपैयाँ रकम ठगी गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दाहाललाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK