Skip to content
LAXMI SUNRISE BANK

साउदी अरेबियन रियाल देखाई श्रृङ्खलाबद्ध ठगी गर्ने दुई व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । साउदी अरेबियन रियाल देखाई श्रृङ्खलाबद्ध ठगी गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारबाट फर्किएका मानिसहरूलाई साउदी अरेबियन रियाल सस्तोमा दिने प्रलोभन देखाई श्रृङ्खलाबद्ध रुपमा गगी गर्ने दुई जना व्यक्ति काठमाडौँबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिन्धुलीका दुधौली नगरपालिका–१० स्थित सिर्थौला घर भइ हाल काठमाडौँको मुलपानी बस्दै आएका ३६ वर्षीय जहरसिंह घिसिङ र ३४ वर्षीय पानसिंह घिसिङ रहेका छन् । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चाबहिलबाट आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार उपत्यकाको बिभिन्न स्थानहरूमा वैदेशिक रोजगारीबाट फर्किएका मानिसहरूलाई सस्तो दरमा विदेशी मुद्रा दिने प्रलोभनमा पारी ठगी गर्ने गरेको भन्दै विदेशबाट आएका एक व्यक्तिले दिएको निवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूले गत चैत्र १९ गते विदेशबाट आएका एक व्यक्तिलाई आफूहरूसँग साउदी अरेबियन रियाल भएको तर, पासपोर्ट नभएका कारणले साट्न नमिलेको भन्दै उनीबाट ५० ग्रामको सुनको ब्रास्लेट लिएर फरार भएका अनुसन्धानबाट खुलेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK