Skip to content
LAXMI SUNRISE BANK

डलर साट्ने बाहनामा ठगी गर्ने ३ जना पक्राउ, अन्यको खोजीकार्य जारी

अर्थ सरोकार

काठमाडौं । काठमाडौंमा अमेरिकन डलर साट्ने बाहनामा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ स्थित धार्पा घर भई हाल ललितपुरको टिकाथली बस्ने २९ वर्षीय सुकलाल पाईन, २५ वर्षीय ईनकुमार पाख्रिन र २२ वर्षीय सूर्य बहादुर पाईन पक्राउ परेका हुन् ।

उनीहरूले विभिन्न व्यक्तिलाई फोन गरी सस्तो दरमा अमेरिकन डलर काटिदिन्छु भनी लोभ देखाइ ललितपुरको हरिसिद्धिबाट १८ लाख, काठमाडौँको चोभारबाट १८ लाख र ललितपुरको ईमाडोलबाट १० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्राप्त निवेदन र पीडितले दिएको हुलिया तथा अपराध कार्यविधि समेतको आधारमा सो घटनाबारे अनुसन्धान गर्ने क्रममा उनीहरु गत चैत ३० गते पक्राउ परेका हुन्।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाइएको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास र थप अनुसन्धान कार्य जारी रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका सुकलाल पाईनलाई प्रहरी बृत्त बौद्धबाट २०७६ भदौ १० गते डाँकाचोरी कसुरमा मुद्दा चलेको थियो।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK