×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्युजिल्याण्ड पठाइदिने भन्दै ५ लाख ठगी, एक व्यक्ति पक्राउ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

न्युजिल्याण्ड पठाइदिने भन्दै ५ लाख ठगी, एक व्यक्ति पक्राउ 

Artha Sarokar

११ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । न्युजिल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । धादिङको निलकण्ठ नगरपालिका –३ पुछारबजार स्थायी घर भई हाल काठमाडौँको टोखा नगरपालिका –६ बानियाँटार बस्दै आएका ३८ वर्षीय हरिजंग गुरुङ पक्राउ परेका हुन् ।

गुरुङले राजेश श्रेष्ठलाई वैदेशिक रोजगारीको लागी न्युजिल्याण्ड पठाई प्रतिष्ठित होटलमा कम लगाइदिन्छु, मासिक एक लाख ५० हजार भन्दा बढी तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडित भनिएका श्रेष्ठबाट पटकपटक गरी पाँच लाख ६ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।

उनलाई काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी