Skip to content
LAXMI SUNRISE BANK

क्यानडा पठाइदिने निहुँमा ९ लाख ठगी गर्ने एक महिला पक्राउ

अर्थ सरोकार

काठमाडौँ । क्यानडा पठाईदिनछु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । विभिन्न व्यक्तिहरुलाई क्यानाडा पठाइदिने भन्दै ९ लाख ठगी गर्ने  पोखरा महानगरपालिका १८ स्थाई घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५ जम्बुडाँडा बस्ने ३४ वर्षीया विपना कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कुँवरले सुनिता गोतामेलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु, क्यानडा पुगेपछि वेटरमा काम लगाइदिने प्रलोभनमा पारी पटकपटक गरी ९ लाख रुपैयाँ ठगी गरेकी हुन् । रकम ठगी गरेर उनी फरार भएकी थिइन् ।

कुँवरलाई मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जम्बुडाँडाबाट पक्राउ गरेको हो । पक्राउ परेका कुँवरलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK