काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका –१ स्थाई घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथली बस्ने ४० वर्षीय कृतक बहादुर साउद रहेका छन् ।
उनले दिनेश बमलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु, दुई लाख रुपैयाँ भन्दा बढी मासिक आम्दानी हुने गरी प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १३ लाख ९२ हजार रुपैयाँ रकम लिई पोर्चुगल पठाइदिने भनी अजरबैजानसम्म पुर्याएर अलपत्र पारी सम्पर्क विहीन भई भएका थिए ।
वैदेशिक रोजगार विभागले भण्डारीलाई पक्राउ गरी उपस्थित गराउन भन्दै पत्राचार गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँको सिनामंगलबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्