काठमाडौँ । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको घ्यालचोक गाउपालिका –८ स्थाई घर भई हाल ललितपुरको गोदावरी नगरपालिका –१४ ठैब बस्ने ५१ वर्षीय दुर्गा बहादुर रेग्मी र कमला रेग्मी रहेका छन् ।
उनीहरुले सुजन कार्कीसहित तीन जनालाई पोर्चुगल पठाईदिने र मासिक दुई लाख रुपैयाँ कमाइ हुनेगरी प्रतिष्ठित होटलमा काम लगाइदिने भनी विश्वास दिलाई प्रलोभनमा पारेर पीडितहरुबाट पटकपटक गरी जम्मा २१ लाख रुपैयाँ रकम ठगी गरेको पाइएको छ ।
वैदेशिक रोजगार विभागले उनीहरुलाई पक्राउ गरी उपस्थित गराउन भन्दै पत्राचार गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रेग्मीद्धयलाई काठमाडौँको सिनामंगलबाट पक्राउ गरेको हो।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्