Skip to content
LAXMI SUNRISE BANK

अष्ट्रेलिया पठाईदिन्छु भनी ३० लाख रुपैयाँ रकम ठगी, एक युवती पक्राउ

अर्थ सरोकार

काठमाडौँ । अष्ट्रेलिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका वडा नं. –१३ स्थाई घर भई हाल काठमाडौँको काठमाडौँ नगरपालिका –१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छिन् ।

श्रेष्ठले अमृता गुरुङलाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिन्छु, अष्ट्रेलिया पुगेपछि मासिक ३ लाख रुपैयाँ कमाइ हुने गरी प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३० लाख रुपैयाँ रकम ठगी गरेको पाइएको छ ।

वैदेशिक रोजगार विभागले श्रेष्ठलाई पक्राउ गरी उपस्थित गराउन भन्दै पत्राचार गरेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK