काठमाडौं । बिहीबार बिहान ६ घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान-अवतर दुवै नहुने भएको छ । बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा कुनै पनि उडान–अवतरण नहुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जनकारी दिएका छन् ।
महानिर्देशक तिवारीका अनुसार उक्त समयमा विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै बन्द रहनेछन् ।
विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेकोले उडान बन्द गर्नुपरेको तिवारीले बताएका छन् । ‘बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म सबै उडान बन्द रहनेछन् ।’, उनले भने, ‘अनलाइन यूपीएस जडान कार्य जारी रहेको उडान प्रभावित हुने भएका हुन् ।’
त्यस्तै, उडान बन्द रहने समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्