काठमाडौँ । वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द गरिने भएको छ ।
चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेपछि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
दर्शन प्रालीका अनुसार सो दिन केबुलकार सञ्चालन गर्दा भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्ने हुदाँ सेवा बन्द गर्न लागिएको हो । वैशाख ११ गते देखि केबलकार पुनः सञ्चालनमा आउने प्रा. लिले जनाएको छ ।