काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, बन्दा १० रुपैयाँ, सेतो मूला १५ रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, सुकेको प्याज ३२ रुपैयाँ, लाम्चो भन्टा ३५ रुपैयाँ, (राजमा) घिउ सिमी ८० रुपैयाँ, घिउ सिमी लोकल ३५ रुपैयाँ, तितो करेला ४० रुपैयाँ, लौका ३० रुपैयाँ, लोकल परवल ६० रुपैयाँ, हरियो फर्सी ३० रुपैयाँ, भिण्डी ९० रुपैयाँ, बरेला ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहेको छ ।
शनिबारको तुलनामा राजमा सिमी र परवलको मूल्यमा प्रतिकेजी १० रुपैयाँले मूल्य घटेर आएको छ । त्यस्तै, चमसूरको साग आज ९० रुपैयाँ, तोरीको साग ४०, रायो साग ३०, पालुंगो साग ९० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ पुगेको छ । आइतबार चमसुर र पालुंगो सागमा प्रतिकेजी २० रुपैयाँले मूल्य घट्दा हरियो प्याजको मूल्यमा १० रुपैयाँ वृद्धि भएको छ ।
त्यस्तै, कन्य च्याउको मूल्यमा २० रुपैयाँ र तोफु प्रतिकेजी १० रुपैयाँले मूल्य घटेर आएको छ । काक्रो ११० रुपैयाँ, हरियो धनीयाँ ४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ,तोफु १८० रुपैयाँ डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ । फलफूलमा पनि सामान्य मूल्य गिरावट भएर आएको छ । केरा प्रतिदर्जन २०, कागती प्रतिकेजी २० रुपैयाँ घटको छ ।
फूजी स्याउ २२५, कागती २००, हरियो अंगुर १२०, भारतीय सुन्तला १५०, अनार २२५ र मौसम १८०,केरा दर्जनको १५०, तरबुजा ३५, आभोकाडो ५०० ,किवि ४००, अमला १२०,तथा नेपाली मेवा ६० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्