काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले रक्षा तथा कानून मन्त्री पूर्ण बहादुर खड्कालाई निजी क्षेत्रलाई अख्तियारले अनुसन्धान गर्ने विषय हटाउन माग गरेको छ । बिहीबार वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको टोलीले रक्षा तथा कानून मन्त्री पूर्ण बहादुर खड्कालाई भेटेर यस्तो माग गरेको हो ।
अख्तियारले निजी क्षेत्र हेर्ने अधिकार संविधानमा समेत नभएको अवस्थामा मुलुकको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने गरि ऐन प्रस्ताव आएकोमा अध्यक्ष ढकालले सो व्यवस्था हटाउन माग गरेका छन् ।
यसले लगानीको वातावरण बिग्रिने र मुलुकको अर्थतन्त्रमा समेत असर पर्ने उनको भनाई छ । निजी क्षेत्र समस्यै समस्याले थलिएको समयमा यस किसिमको व्यवस्था हुदा व्यवसायि थप हतोत्साहित हुने भन्दै अध्यक्ष ढकालले कानुन मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
मन्त्री खड्काले महासङ्घका तर्फबाट राखिएका सुझावलाई ध्यानमा राखी सरकारको तर्फबाट पहल गर्ने विश्वास दिलाएका छन् । भेटवार्तामा महासंघ तर्फबाट अध्यक्ष ढकाल सहित नवनिर्वाचित उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक के.सी. लगायत कार्यकारिणी समिति सदस्यहरूको सहभागिता थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्