×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न

Artha Sarokar

१५ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विसं २०७९ फागुनसम्म आठ लाख ३२ हजार पाँच सय ८५ लाभग्राही छनोट भएकामा ८८ प्रतिशतले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको उल्लेख छ । लाभग्राहीमध्ये ९५ प्रतिशतले दोस्रो किस्ता लिएका छन् । पहिलो किस्ता भने शतप्रतिशत लाभग्राहीले लिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

भूकम्पले भत्किएका पाँच सय सरकारी तथा सार्वजनिक भवनमध्ये चार सय आठको पुनःनिर्माण सम्पन्न भएको छ । आठ वर्षअघिको भूकम्पले भत्किएका एक हजार एक सय ३६ स्वास्थ्य संस्थामध्ये आठ सय ९१ को पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी