×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विज्ञापन बोर्डविरुद्ध विज्ञापन संघको आन्दोलन (फोटो-कथा)

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन ऐन, विज्ञापन बोर्ड गठन र एकद्धार विज्ञापन नीतिको विरुद्धमा आन्दोलन थालेको छ । बिहीबार काठमाडौंको बबरमहलमा नेपाल विज्ञापन बोर्डको भवन अगाडि आनका पदाधिकारीहरुले धर्ना दिएका हुन् ।

धर्नामा ‘विज्ञापन बजार बढाउने नीति लागू गर’, ‘विज्ञापन बोर्ड विज्ञापन बाड्ने अखडा होइन’, ‘विज्ञापन एजेन्सीको हक अधिकार लागू गर’ र ‘विज्ञापन ऐन खारेज गर’ लगायतका प्ले–कार्ड प्रदर्शन गरेका थिए । कार्यक्रममा विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञानपन बोर्डमा व्यवसायीको प्रतिनिधित्व नसमेटिएको भन्दै आपत्ति जनाए । धितालले बोर्डमा सरकारी कर्मचारी र सञ्चार माध्यमका प्रतिनिधि मात्र हुने गरी ऐन बनाइएको भन्दै विज्ञापन व्यवसायीहरु मारमा परेको गुनासो गरेका छन् ।

‘विज्ञानपन बोर्डमा व्यवसायीको प्रतिनिधित्व भएन । सरकारी कर्मचारी र सञ्चार माध्यमका प्रतिनिधि मात्र विज्ञानपन बोर्डमा हुने बनाइयो ।’, उनले भने, ‘हामीले २ वर्ष अघिदेखि विरोध गर्यौं, तर सरकारले अल्मल्याईरह्यो ।’ उनले दुई वर्षदेखि आफूहरूले विरोध गरे पनि सरकारले कुनै चासो नदिएको गुनासो गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: