×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नक्कली भुटानी शरणार्थी प्रकरणः आत्मसमपर्ण गर्न प्रहरी कार्यालय पुगेका आङटावा तारेखमा छुटे

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोप लागेका पूर्व सांसद आङटावा शेर्पालाई प्रहरीले तारेखमा छाडेको छ । पक्राउ पूर्जी जारी भएको भन्ने खबरपछि आत्मसमर्पण गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका शेर्पालाई प्रहरीले तारेखमा छोडेको हो ।

आङटावाविरुद्ध हिरासतमा राख्नुपर्ने बलियो प्रमाण नभेटेपछि तारेखमा छोडेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताएका छन् ।

‘आङटावा आत्मसमर्पण गर्न भन्दौ आएका थिए । हामीले उनी विरुद्धको कागजात हेर्यौं । तर, उनीविरुद्ध पक्राउ पुर्जी पनि जारी भएको थिएन ।’, एसएसपी कार्कीले भने, ‘हिरासतमै राख्नुपर्ने बलियो प्रमाण फेला नपरेपछि तारेखमा छोडिएको हो । ’

नेपाली कांग्रेसका नेतासमेत रहेका आङटावाले नक्कली भुटानी शरणार्थी बनाउने भन्दै रामेछाप र दोलखाका तीन सय भन्दा धेरै युवासँग रकम असुलेको आरोप लागेको छ । स्रोतका अनुसार उनले यो प्रकरण सतहमा आएपछिे अधिकांशको रकमसमेत फिर्ता गरेका थिए । यतिसम्मकी उनले हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउनका लागि लबिङ गरेको चर्चा समेत चलेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: