होकाठमाडौं । काँग्रेस नेतृ आरजु राणा भागेको खबर फेक भएको खुलासा भएको छ । उनी भागेर सिंगापुर भागेको खबर केही युट्युब च्यानलमार्फत सार्वजनिक भए पनि उनी भने हेटौँडामा रहेको र बिहीबार मात्र एक कार्यक्रममा सहभागी भएको जानकारी उनले सामाजिक संजालमार्फत दिएकी छिन् ।
केही दिन अघि पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवा पत्नी आरजु राणाको संलग्नताको भन्दै ‘अडियो टेप’ सार्वजनिक भएपछि यसका विरुद्ध राणा साइबर ब्युरो पुगेकी थिईन् ।
नक्कली सरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै खाँणपत्नी मन्जु खाँण र देउवापत्नी आरजु राणाका बारेमा थुप्रै समाचार सार्वजनिक भए । यसैबीच बिहीबार कांग्रेस नेतृ आरजु राणा भागेको खबर सार्वजनिक भयो । उनी विरगञ्जबाट, पटना र दिल्ली हुँदै सिंगापुर भागेको भन्ने समाचार सार्वजनिक भए ।
तर, कांग्रेस नेतृ राणा सिंगापुर भागेको उक्त खबर ‘फेक’ भएको पाइएको छ । शुक्रबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै राणाले बिहीबार आफू हेटौँडामा रहेको उल्लेख गरेकी छिन् । उनको स्टाटसमा लेखिएको छ ‘हिजो हेटौडास्थित स्वदेशी मार्टको उद्घाटन गर्दै ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्