Skip to content
LAXMI SUNRISE BANK

बजेटको मुखमा अर्थ सचिवको जिम्मेवारी हेरफेर

अर्थ सरोकार

काठमाडौं । सरकारले अर्थ मन्त्रालयमा अर्थ सचिवको जिम्मेवारी हेरफेर गरेको छ । आर्थिक वर्ष २०८० ८१ का लागि बजेट सार्वजनिक गर्न २५ दिन मात्रै बाँकी रहँदा अर्थ सचिवको जिम्मेवारी हेरफेर गरिएको हो ।

जिम्मेवारी हेरफेरपछि अर्थ मन्त्रालयको अर्थ सचिवमा अर्जुन पोखरल आएका छन् । पोखरेल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए । अर्थ सचिवको जिम्मेवारीमा पोखरेलको आगमनसँगै यसअघि मन्त्रालयका सचिव रहेका तोयम राया उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन् ।

रायालाई यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अर्थ सचिवको जिम्मेवारी दिएका थिए । अर्थ सचिवमा नेपाली कांग्रेसका डा.प्रकाशशरण महत आएसँगै उनको जिम्मेवारी हेरफेर गरिएको हो ।

हाल अर्थ सचिवको जिम्मेवारीमा आएका पोखरेल लेखा समूहका अधिकृत हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK