काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा अर्थमन्त्री डा.प्रकाशशरण मतको दोहोरो चरित्र देखिएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीको प्रोत्साहन भत्ता तथा अतिरिक्त भत्ता कटौती गरिने घोषणा गरेका अर्थमन्त्रीले मंगलबार सरकारले भत्ता खुवाउन सकेन भन्ने कुरा झुठो भएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारी कर्मचारीलाई तलबभत्ता नै खुवाउन नसक्ने भन्ने कुरामा सत्यता नभएको बताएका हुन् । हाल मुलुकको अर्थतन्त्रमा केही संकट भए पछि सरकार कर्मचारीलाई तलव भक्ता खुवाउने दायित्वबाट पछि नहट्ने अर्थमन्त्रीले बताए । ‘कर्मचारीलाई तलव खुवाउने पैसा नै छैन भन्ने कुरा उडन्ते हुन् ।’, उनले भने, ‘यसमा कुनै पनि सत्यता छैन । कम्तीमा यो कुरा बुझ्नुपर्छ ।’
त्यस्तै, अर्थमन्त्री महतले सामाजिक सुरक्षाको सवालमा सरकारले गरेको प्रयासलाई लिएर उठेका प्रश्नको जवाफ दिँदै सबैभन्दा पहिला आलोचना गर्ने प्रवृतिको अन्त्य गर्न आग्रह गरेका छन् । ‘मितव्यीताको कुरामा पहल नगर्दा पनि पहलै गरिएन भनेर आलोचना अनि पहल गर्दा पनि यतिले के हुन्छ ? भन्दै आलोचना हुन्छ ।’, अर्थमन्त्री डा.महतले थपे, ‘जे कुरा प्रस्ताव गरेका छौँ, कमसेकम सुरुवात त गरेका छौं । राम्रो गर्यो भनिदिनुस् । तलव भत्ता दिनैपर्ने कुरा हो, नदिने कुरा भएन ।’
पत्रकार सम्मेलनबाटै अर्थमन्त्री डा.महतले अनावश्यक खर्च कटौतिका लागि सरकार गम्भीर रुपमा प्रस्तुत हुने बताएका छन् । त्यस्तै, सेयर बजारलाई कानुनी व्यवस्था अनुसार अतिरिक्त छुट दिइएको उनको दाबी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्