काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा व्यवस्था गरिएका कतिपय योजना वक्तव्यमा छुटेको प्रष्टिकरण दिएका छन् । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएसँगै सांसदहरुले आफ्नो क्षेत्रमा बजेट परेन भन्दै गुनासो गरेको विषयमा अर्थमन्त्री महतले बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको बताए । ‘आफ्नो क्षेत्रमा बजेट परेन भन्दै कतिपय माननीयहरुले गुनासो गर्नुभएको छ । योजना रातो किताबमा आएका छन् तर वक्तव्यमा छुटेको मात्रै हो ।’, उनले भने, ‘जानीजानी छुटाएको होइन ।’
त्यस्तै, उनले आगामी आर्थिक वर्षको बजेटले आउने दिनमा आर्थिक वृद्धिको लक्ष्य पुरा गर्ने दाबी समेत गरेका छन् । ‘यो बजेटले आउने दिनमा अर्थिक वृद्धिको हाम्रो लक्ष्यलाई पुरा गर्छ ।’, अर्थमन्त्री महतले भने, ‘पूँजीको सिमीतता अझै पनि चुनौतीपुर्ण छ । तर, आर्थिक वृद्धिको लक्ष्य हासिल गर्छौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्