×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

‘सेयर बजार बिगार्ने कुनै नियत छैन’- अर्थमन्त्री महत

SAGARMATHA CEMENTS

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजार बिगार्ने सरकारको कुनै नियत नभएको दाबी गरेका छन् ।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री डा.महतले आफू र सरकार नेपाली सेयरबजारप्रति सकारात्मक रहेको बताएका हुन् । ‘सेयर बजारप्रति हामी सकारात्मक नै छौँ ।’, उनले भने, ‘बजार बिगार्ने सरकारको कुनै नियत छैन ।’

सोमबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटमा सरकारले पूँजी बजारको हितमा कुनै पनि कार्यक्रम नसमेटिएपछि सेयर लगानीकर्ताहरु निरुत्साहित बनेका थिए । निरन्तर घटिरहेको बजारलाई बजेटले सम्बोधन गर्छ भन्नेमा धेरैको अपेक्षा थियो । तर, बजेटमा सेयर बजार सम्बन्धी खास व्यवस्था नभएपछि सरकारप्रति लगानीकर्ता रुष्ठ बनेको छन् ।

सोमबार सरकारले १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो । तर, बजेट सार्वजनिक गरिएको दोस्रो दिन नै सेयर बजार ५३.१६ अंकले घटेको छ ।

 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal