काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजार बिगार्ने सरकारको कुनै नियत नभएको दाबी गरेका छन् ।
मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री डा.महतले आफू र सरकार नेपाली सेयरबजारप्रति सकारात्मक रहेको बताएका हुन् । ‘सेयर बजारप्रति हामी सकारात्मक नै छौँ ।’, उनले भने, ‘बजार बिगार्ने सरकारको कुनै नियत छैन ।’
सोमबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटमा सरकारले पूँजी बजारको हितमा कुनै पनि कार्यक्रम नसमेटिएपछि सेयर लगानीकर्ताहरु निरुत्साहित बनेका थिए । निरन्तर घटिरहेको बजारलाई बजेटले सम्बोधन गर्छ भन्नेमा धेरैको अपेक्षा थियो । तर, बजेटमा सेयर बजार सम्बन्धी खास व्यवस्था नभएपछि सरकारप्रति लगानीकर्ता रुष्ठ बनेको छन् ।
सोमबार सरकारले १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो । तर, बजेट सार्वजनिक गरिएको दोस्रो दिन नै सेयर बजार ५३.१६ अंकले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्