×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थतन्त्र बलियो बनाउन स्वदेशी उत्पादन बढाउनुपर्छः डा. मिनबहादुर श्रेष्ठ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थतन्त्र बलियो बनाउन स्वदेशी उत्पादन बढाउनुपर्छः डा. मिनबहादुर श्रेष्ठ

Artha Sarokar

२० बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो ।

भेटमा मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्ने बताए । स्वदेशी उत्पादनहरु प्रवद्र्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउनका लागि भूमिका खेल्न आयोग समक्ष उनले अनुरोध गरे । मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरु जताततै छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताएका छन् ।

‘कोरियाबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ थारुको घरम बनेको चाहिँ घोप्याउनु पर्ने स्थिति छ ।’ मुख्यमन्त्री चौधरीले भने, ‘यसको अन्त्य गरेर ‘मास बेस’मा स्वदेशी उत्पादनहरु बढाउने र रोजगारी सिर्जना हुनुपर्छ ।’ त्यस्तै, उनले मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरु धेरै राम्रा भए पनि मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, भेटका क्रममा उपाध्यक्ष डा.श्रेष्ठले आन्तरिक उत्पादनहरु बढाउनु नै आजको आवश्यकता रहेको बताएका छन् । अर्थतन्त्रलाई बलियो बनाउनका लागि पनि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने डा.श्रेष्ठको भनाई रहेको छ । ‘रोजगारी सिर्जना हुने गरी आन्तरिक उत्पादनहरुलाई जोड दिनुपर्छ ।’, उनले भने, ‘अर्थतन्त्र सुधारका लागि रोजगारी र उत्पादवृद्धिका लागि हामी केही गर्छौं ।’ भेटमा मुख्यमन्त्री चौधरीलाई उपाध्यक्ष श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । चौधरीले मूख्यमन्त्रीको रुपमा केही दिन अघिमात्रै प्रदेशसभाबाट विस्वासको मत पाएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी